Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पद र कुर्सीका लागि आफ्नो प्रतिष्ठाको ख्याल नगर्ने रामबहादुर थापा, लेखराज मह, टोप बहादुर रायमाझी, मणि थापा, गौरी शंकर चौधरी दावालामा प्रभू साहाले आफ्ना मन्त्रालय स्तरका निर्णय गर्न सक्दैनन् । किनकी प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयको निर्णय आफ्नो स्वविवेकले मात्र गर्छन् ।
माओवादीका मन्त्रीहरु त हतियार बिनाका जर्नेल हुन् । त्यही कारण काम लिन र अधिकार खोस्न मन्त्रालयका सचिवहरु बारम्बार फेरिएका हुन् । प्रशासनिक तहमा चासो विष्णु रिमालले लिने नै भए । कार्यक्षेत्र कसैको छैन तर इश्वर पोख्रेल सुभाष नेवाङ्ग शंकर पोख्रेल विष्णु पौडेल पछि गुहमन्त्री रामबहादुर थापाको हैसीयत रहेको छ । उनीहरुले पार्टी त फेरे तर गौरवको ठाँउ राखेनन् । आफ्नो मन्त्रालय स्तरमा हुने निर्णयमा मन्त्री भन्दा सचिवको हौवा ठूलो छ । नीतिगत रुपमा कुनै काम भएका छैनन् । भ्रष्ट र लुटाहाका रुपमा मात्र होइनन् कार्यक्षमतामा समेत प्रश्न उठाउन मिल्ने भएको छ । पार्टीमा गणना नहुने उनीहरुको मन्त्री पद गुमे पछिको हालत कस्तो होला ? जसले मन्त्रीको हैसीयत अनुसारका मन्त्रालयका निर्णय गर्न पाउदैन । ओलीको अहंकारका कारण दलहरु भड्किए । त्यही कारण उनले राष्ट्रपतिलाई प्रयोग गराए । राष्ट्रपतिले प्रधान मन्त्रकिो गलत निर्णयको साथ दिदा आफ्नै गरिमा त्याग्दै छन् । माओवादीका जोक्करहरु मन्त्री पदको बचाउ त गर्छन । तर तीनको सत्ता आयु कति दिन बाँकी छन् भन्ने मात्र हो । ओली आफैले आफ्ना कारण दुई तिहाईबाट घरासायी भएका छन् । संसदले काम पाउने सरकारको सकृयताले हो । कानून निर्माण गर्ने संसदलाई चासो हुन्छ त्यसमा सरकारले काम दिनुपर्छ ।
माओवादीले आर्दश त्याग्यी बलिदान त्याग्यो संघर्ष त्याग्यो । त्यही कारण नेकपा एमालेको ओली गुटको पाल्टामा लोकतन्त्र लुट पुटिदै छ । बोल्न जसरी जे बोले पनि भएको छ । कम्युनिष्टको नाँउमा सरकारमा गएपछि सबै तिर कम्युनिष्ट नआउन सक्छन् । जनतालाई सहयोग पुग्ने कुरामा मन्त्री तिरबाट धेरै काम हुन्छन् तर ओलीबाट त्यो छेकियो ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल