Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मार्सी भात्ते प्रसाँइको २५ करोड भेद खुल्दै

केयुको कमाल मेडिकल माफीया तिर
काठमाण्डौ । मेडिकल कलेजको नाउँमा विद्यार्थी ठग्नेहरुलाई मौकामा दनक दिएका डा. गोविन्द केसीलाई मिलाउन केयुका पूर्व उपकुलपति सुरेशराज शर्मा र उनका भाई मुकुन्द शर्मा र लागेका छन् । मेडिकल शिक्षा आयोगका उपाध्यक्ष डा. श्री कृष्ण गिरीले २५ करोड माग्यो भन्दै बदनाम गर्दा प्रम केपी ओलीको आड पाएका ठग प्रसाँइले झापामा खोलेको वि एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल रिसर्च सेन्टरलाई केयुबाट सम्बन्धन दिलाउन त्यो पैसा खर्च गर्न लागेका हुन् । उनले यस पटक जसरी पनि सम्बन्धन लिने बताउदै आएका छन् ।
अहिले उपकुलपति डा. भोला थापा केयु भित्रको माफीया संजालमा समेटिएका छन् । एमाले नाउँको भष्मसुर समूहलाई साथ लिएर हिजो दरवार र काँग्रेसको सहयोगमा सुरेशराज शर्मा र मुकुन्द शर्माले संजाल चलाए । अहिले मार्सी भाते चंखे दुर्गा प्रसाँइसगँ उनीहरु जोडिएका हुन् । प्रसाँइले पहिले काठमाण्डौ मेडिकल कलेज, नोवल मेडिकल कलेज, मणिपाल कलेज पोखरा र धुलिखेल मेडिकल कलेजले पैसा खर्च गरेर सम्बन्धन लिए जस्तै योजना बनाई रहेका छन् । उनलाई प्रम केपीको साथ रहेको उनी आफै बताउदै आएका छन् ।
यो योजना सफल भएको खण्डमा प्रसाँईले प्रधानमन्त्री केपि ओली मार्फत फागुन १५ भित्र कलेजको उद्घाटन गर्ने तयारीमा छन् । सुरेशका भाई मुकुन्द शर्मा प्रसाँइका सल्लाकार हुन् । कलेज सम्बन्धन नलिदै विद्यार्थी भर्ना गर्ने लुटेराहरु मेडिकल शिक्षा आयोगको निगरानीमा परेका छन् । उपाध्यक्ष डा. गिरीका अनुसार अबका दिनमा राजनीति संरक्षणमा माफीयाहरुलाई छोडिदैन । चिकित्सकहरु भन्छन् डा. सुरेशका दाजुभाईलाई बोकेर यो क्षेत्रमा कसैले मनपरी गर्न सक्ने अवस्था छैन । प्रमओली समेत प्रसाँइको लुटमा जोगीनुपर्ने अवस्था छ ।


सम्बन्धित समाचार

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल