Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलले शीर्ष नेताहरुलाई आज प्रतिवेदन बुझाउँदै

२०८१ श्रावण २३

ताजा नेपाल

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित राजनीतिक कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने भएको छ । प्रधानमन्त्रीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा क... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०८१ श्रावण २३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको छ । पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहि... थप हेर्नुहोस्

ललितपुर उच्च बारको चुनावमा एमाले र माओवादीबीच तालमेल एसले हैसियत भन्दा बढी डिमाण्ड गरेपछी आउट

२०८१ श्रावण २२

ताजा नेपाल

उच्च अदालत बार एसोसिएसन पाटनको नयाँ नेतृत्वका लागि नेकपा एसले ठुलो भाग खोज्दा सबै पदबाट हात धुनुपर्ने भएको छ।   वामपन्थीहरू मिलेर जानका लागि भएको पहल एस समर्थक कानुन व्यवसायीका कारण भाँडिएको छ। उच्च अदालतको बारमा  एक्लै ... थप हेर्नुहोस्

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८१ श्रावण २२

ताजा नेपाल

मनसुन पुनः सक्रिय हुँदा वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । काठमाडौं उपत्यकाका नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । हाल वाग्मती र यसका सहायक नदीहरू व... थप हेर्नुहोस्

वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाडौं । वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । मङ्गलवार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ।... थप हेर्नुहोस्

कुलेश्वर फलफूल बजार र सुकुमवासी बस्तीमा पस्यो बागमती

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाडौ । लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खु टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म बागमती नदीको पानीको सतह बढेर कुलेश्वर फलफूल बजार क्षेत्र र सुक... थप हेर्नुहोस्

अबरुद्ध पाल्पा बुटवल सडक खण्ड एकतर्फी खुल्यो

२०८१ श्रावण २२

ताजा नेपाल

पाल्पा । अविरल वर्षाका कारण पहिरो खसेपछि बिहानदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी रूपमा खुलेको छ । आज बिहान तिनाउ  ५ कालिमाटीमा सडक माथिबाट लेदोसहितको पहिरो पन्छाएर एकतर्फी सवारी आवागमन सुरु भएको ... थप हेर्नुहोस्

देशैभर मनसुनी वायुको प्रभाव

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्था... थप हेर्नुहोस्

सेयर बजारमा २१ अर्ब ८६ करोडको कारोबार, नेप्से २७९६ अंकमा

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । सेयर बजार सोमबार २७९६ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४०.७६ अंक बढेको हो । कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रह्यो । होट... थप हेर्नुहोस्

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिदै बंगलादेश छाडिन्

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रि... थप हेर्नुहोस्