Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म्यादी प्रहरीको भर्ना फेरि खुल्ने

१९ साउन, काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राई भन्छन प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्छ, त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिन्छ ।

सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।
स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

प्रहरी नायब महानिरीक्षक डीआईजी समेत रहेका प्रवक्ता राई भन्छन् विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजान्छौं । उनका अनुसार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउनेछन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल