Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गएको जेठमा प्रदर्शनमा आएको फिल्म जात्रै जात्रापछि अभिनेत्री वर्षा राउतले नयाँ फिल्म साइन गरेकी छैनन् । यो फिल्मले डुब्न लागेको करिअर उकासेपछि उनी फिल्म छनोटमा निकै गम्भीर भएकी छन् । उनी अब फिल्म अफर आएको भरमा गरिहाल्ने पक्षमा छैनन् । टिम र स्क्रिप्टले आकर्षित गरे मात्र फिल्म गर्ने उनको अडान छ । अहिले उनलाई म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ ।
देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि उनको व्यस्तता बढ्दो छ । यसबीच, सुन्दर र शान्त बाल कल्याणकारी संस्था ९पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर० ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा असोज २७ गते देखि कार्तिक ७ गतेसम्म हुने सांगीतिक कार्यक्रममा उनी पनि सहभागी हुँदैछिन् ।
पिस एण्ड यूनिटी अ म्युजिकल टुर २०१९ नाम दिइएको कार्यक्रममा अभिनेत्री राउतले आफू अभिनीत फिल्मका गीतमा नृत्य प्रस्तुत गर्नेछिन् । उनीसँगै यस कार्यक्रममा गायक सुगम पोखरेल र गायिका तृष्णा गुरुङ पनि सहभागी हुँदैछन् । मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा सुगम, तृष्णा र वर्षाले न्यून पारिश्रमिकमा कन्सर्टमा आफ्नो प्रस्तुती दिन लागेको बताए ।
देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पूरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि यस कार्यक्रमले निकै ठुलो योगदान पुर्याउने विश्वास लिइएको सुन्दर शान्त बाल कल्याणकारी संस्थाका अध्यक्ष मनिस श्रेष्ठले बताए ।
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल