Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रातारात छापियो राजपत्रमा सूचना

काठमाडौं । सर्वोच्चमा खोजी नीति भएपछि रातारात सरकारले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ ।बिहिबारको संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात राजपत्र प्रकाशित गरिएको हो । सूचना प्रकाशन नभएको विषय उठेपछि सर्वोच्च अदालतमा सरकारका तर्फबाट पेस गर्न भनिएकोमा नभएपछि न्यायाधीश अनिलकुमार सिन्हाले खोज्न लगाए । राजपत्र नभेटिएपछि रातारात छापिएको थियो । ५ पुसको मिति राखेर राजपत्रमा प्रतिनिधि सभा विघटनको विषय छापिएको छ । वेवसाइटमा पनि राखिएको छ । हिजोसम्म राजपत्रमा प्रिन्ट कपी नभएको र वेवसाइटमा पनि नराखिएकोमा सर्वोच्च अदालतमा प्रश्न उठेपछि रातारात नै उक्त कार्य गरिएको छ । शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले संवैधानिक इजलाशमा राजपत्रको सूचना पेश गरेका छन् । राजपत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र पहिलो र दोस्रो चरणको चुनावको घोषणा तोकिएको सूचनाबारे उल्लेख छ ।