Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
हेटौंडा,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य रिता माझीले पार्टी परित्याग गरेकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा माझीले पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
उनले देशले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको अवस्थामा राप्रपा त्यसतर्फ अघि बढ्न नसकेको आरोप लगाउँदै पदत्यागको घोषणा गरेकी हुन्।
‘छरिएर रहेका सबै राष्ट्रवादी, देशभक्त प्रजातन्त्र प्रेमीहरूलाई समेटेर लैजान सक्ने सक्षम नेतृत्व मुलुकले खोजिरहेको छ । तर, दुर्भाग्य अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने ढंगबाट राप्रपा अघि बढ्न सकेको छैन । संकीर्ण सोच, व्यवहार, अंहकार तथा कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएका छन् माझिले भनिन् ।
राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरिन् । ‘यो सबै घाम जत्तिकै छर्लङ्ग तथ्यलाई बुझेर पनि भावना शून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण राप्रपा परित्याग गरेँ
उनले अबको राजनीतिक यात्रालाई गम्भीर रुपमा विचार गरेर मात्रै अघि बढाउने उल्लेख गरेकी छन् । माझी तत्कालीन राप्रपामा कमल थापा निकट थिइन् ।
रामेछाप स्थायी घर भएकी माझी राप्रपाको निर्वाचित केन्द्रीय सदस्य हुन्। उनलाई राप्रपाले सामानुपातिकबाट प्रदेश सभा सदस्य बनाएको थियो
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल