Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२२ मंसिर, काठमाडौं । पहिलो पटक संसदीय चुनावमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राम्रै सफलता हासिल गर्यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रै मत प्राप्त गरेको छ ।
गठनको छोटो समय भएकाले देशभर संगठनको फैलावट पुगिनसकेको भए पनि उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको छ । यसबाट उसले थप १४ सिट प्राप्त गरेर संसदको चौथो शक्तिका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
समानुपातिक तर्फको मतगणना सकिएकाले दलहरुले प्राप्त गर्ने सिटबारे जानकारी दिन आयोगले पत्राचार गर्ने तयारी गरेको छ । आयोगको पत्राचारपछि दलहरुले आफ्नो तर्फबाट सांसद बन्नेहरुको नाम आयोगलाई पठाउनुपर्ने छ । दलहरुले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको कलस्टर समेत मिलाएर नाम पठाउनु पर्छ ।
समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आदिवासी जनजाति र खस आर्यबाट ३ र ३ जना, दलित र मधेशीबाट २ र २ जना तथा पिछडिएका वर्ग, थारू र मुस्लिमबाट १र१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्य समुदायबाट सबै पुरुष पठाउने तयारी गरेको छ । रास्वपाले निर्वाचन आयोगमा पठाएको बन्द सूचीमा पुरुषतर्फ खस आर्य डोलप्रसाद अर्याल, गणेश कार्की र दीपक बोहोरा अगाडि थिए । त्यस्तै महिलातर्फ डा।चन्दा कार्की, निशा डाँगी र चन्द ऐर चाँदनी अगाडि थिए ।
प्रत्यक्षमा खस आर्य समुदायबाट तोसिमा कार्की र सोविता गौतम निर्वाचित भएका छन् । रास्वपाले ३३ प्रतिशत पुर्याउन क्लस्टरबाट ४ महिला पठाएर खस आर्यमा तीन जना पुरुष मात्रै पठाउन लागेको हो ।
पुरुषबाट अर्याल, कार्की र बोहोरा सांसद बन्ने छन् । रास्वपाबाट समानुपातिक सांसद तय गर्ने जिम्मेवारी पाएका केन्द्रीय सदस्य महेश्वर घिमिरेले पनि खस आर्य समुदायबाट पुरुष मात्रै पठाउने संकेत गरे । यसबाट समानुपातिक सूचीमा रहेका खस आर्य तर्फका महिला असन्तुष्ट बनेका छन् ।
र्याङकिङ नमानिएको गुनासो
रास्वपाले समानुपातिकको बन्द सूचीमा राख्ने नामका लागि प्रारम्भिक छनोट गरेको छ । त्यसमा ल्याएको मतका आधारमा बन्द सूचीमा राख्नेहरुको क्रम तय गरिएको थियो ।
आयोगमा त्यही क्रम अनुसार नै नाम पठाए पनि अन्तिममा १३ जना सांसद छान्दा भने त्यसलाई ख्याल नगरिएको कतिपयको गुनासो छ । जस्तै– मधेशी कलस्टरबाट समानुपातिकतर्फ मनिष झा सांसद बन्दैछन् । तर, चुनावमा पाएको मतमा मधेशी समुदायतर्फ नै लक्ष्मी तिवारी मनिष भन्दा अगाडि छिन् । आयोगमा पठाएको सूचीमा तिवारी ६ नम्बर छिन् भने झा ९ औं स्थानमा छन् ।
यसैगरी खसआर्य समुदायबाट डा। चन्दा कार्की र निशा डाँगी आयोगमा पठाएको सूचीमा गणेश कार्की र दीपक बोहोरा भन्दा अघि छन् । अरु धेरै उम्मेदवार पनि सूचीमा अघि भए पनि सांसद बन्ने सूचीमा नपर्ने देखिएको छ ।
घिमिरेले चुनाव गरेर क्रम संख्या तय गरेको र त्यही आधारमा सांसद पठाउने बुझाइ यसअघि बनेको बताए । तर, अब केन्द्रीय समितिबाट हुने निर्णय नै अन्तिम हुने उनको भनाइ छ । हाम्रो दलले केन्द्रीय कमिटीबाट अनुमोदन गरेर लैजान्छ, घिमिरेले भने, ‘जे जस्तो निर्णय हुन्छ, त्यहीँ हुन्छ
यी हुन् रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावित उम्मेदवारहरु
१. डा।ढाका कुमार श्रेष्ठ आदिवासी पुरूष
२. डोल प्रसाद अर्याल खस आर्य पुरूष
३. असिम साह मुस्लिम पुरुष
४. मनिष झा मधेसी पुरूष
५. इन्दिरा राना मगर आदिवासी महिला
६. सुमना श्रेष्ठ आदिवासी महिला
७. अशोक चौधरी थारु पुरुष
८. तपेश्वर यादव मधेशी पुरुष
९. गणेश कार्की खस आर्य पुरुष
१०. दीपक बोहरा खस आर्य पुरुष
११. सन्तोष परियार दलित पुरुष
१२. कल्पना रोक्का दलित महिला
१३. विनिता कठायत पिछडिएको वर्ग महिला
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल