Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपा संसदीय दलको अनौपचारिक बैठक

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् । सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ ।