Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुसलाई हतियार बेचेको अमेरिकाको दाबीलाइ स्पिस्टीकरण दिदै उत्तर कोरिया

उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकी दाबीलाई अस्वीकार गरेको छ । उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगरेको र त्यस्तो गर्ने योजना नरहेको बताएको छ । अमेरिकी अधिकारीहरूले यसअघि रुसले रकेट र आर्टिलरी गोलाहरू किन्न उत्तर कोरियातर्फ जान सक्ने बताएका थिए ।

त्यसबेला रुसले पनि त्यस्ता समाचारको खण्डन गरेको थियो । दुई देशबीचको हतियारको कारोबार संयुक्त राष्ट्र संघको प्रतिबन्धको उल्लङ्घन हुनेछ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले उत्तर कोरियाको रक्षा मन्त्रालयका एक जना अज्ञात अधिकारीलाई उद्धृत गर्दै भनेको छ, हामीले रुसलाई कहिले पनि हतियार वा गोला बारुद बेचेका छैनौं र बेच्ने योजना पनि छैन ।’

उत्तर कोरियाले अमेरिकालगायत अन्य ‘विपक्षी शक्तिहरू’ माथि ‘आफ्नो मुख्य राजनीतिक र सैन्य लक्ष्यहरू पछ्याउन’ का लागि अफवाह फैलाएको आरोप लगाएको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल