Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाश थन्काउन सेनालाई हैरान

काठमाडौं । शव दाह गृहले धान्न नसकेको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नु परेको छ ।

आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् । उनका अनुसार वैशाख १६ गते २३ तथा १७ र १८ गते २६ २६ जनाको शव व्यवस्थापन गरिएको थियो । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गर्न नसक्ने भएपछि नजिकै वाग्मती नदी किनारमा पनि जलाउन थालिएको छ । दिनमा २० देखि ३० वटा शव व्यवस्थापन गर्नुपर्ने हुन्छ, विद्युतीय शव दाह गृहबाट मात्र सम्भव नहुने भएकाले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर बाहिर पनि जलाउन थालिएको हो । सैनिक प्रवक्ता पौडेलले भने ।

विद्युतीय शव दाहगृहमा एउटा शव व्यवस्थापन गर्न डेढ घण्टा लाग्छ । व्यवस्थापन गर्नुपर्ने शव बढ्दै गएपछि विद्युतीय शवदाह गृहबाट मात्र सम्भव नहुने भन्दै सेनाले बाग्मती किनारमा नै शव जलाउन थालेको हो । संक्रमितको शव व्यवस्थापनका लागि सेनाले शवदाह गृह नजिकै वाग्मती नदी किनारमा ८ वटा चिता बनाउने तयारी गरेको छ ।


सम्बन्धित समाचार