Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैशाख ५ मा पुग्यो काँग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । सत्ताको अन्योल र पार्टी महाधिवेशनको तयारीमा नेपाली काँग्रेस लाग्न नसक्दा मुलुक नै अन्योलको भूमरिमा फसेको बेला नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ । चैत ३० गते सोमबारका लागि निर्धारित बैठक वैशाख ५ गतेलाई सारिएको हो । नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका छन् । बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय तथा आमन्त्रित सदस्यहरू सहभागी हुनेछन। वर्तमान राजनीतिक घटनाक्रमसँगै नेपाली काँग्रेस पार्टीको नेतृत्वमा सरकार गठनका विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद, समाधान र महाधिवेशनका सम्बन्धमा छलफल हुने छ । काँग्रेस पार्टीका पदाधिकारीहरूले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राख्दै आए पनि अन्य दलसँगको छलफल ठोस निष्कर्षमा पुग्न सकेको छैन ।