Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शुक्रबार काँग्रेस संसदीय दलको बैठकमा बन्ने छ भावी योजना

काठमाडौं । अहिले काँगे्रेसको दुवै हातमा प्रधानमन्त्रीको कुर्सी थमाइएको छ । कतापट्टिको कुर्सीमा बस्ने भन्ने निर्णय मात्र गर्न बाँकी छ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक उक्त दिन दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिएकी छिन् । प्रतिनिधि सभा बैठक २३ फागुनमा बस्नुअघि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसदीय दलका नेता समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी कदमबारे जानकारी गराउनेछन् । काँग्रेसले अब खेल्ने भूमिकाले भावी प्रधानमन्त्रीको समेत टुंगो लाग्नेछ । अहिले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको छ । उनी पर्ख र हेरको अवस्थामा छन् । देउवालाई प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलिसकेको छ । तर, उनी प्रचण्ड र नेपालभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समिकरण बनाएर जान चाहिरहेका छन् । अहिले प्रतिनिधि सभामा कानुनी रुपमा विभाजित नभएको नेकपाको १७४ सिट छ । काँग्रेसको ६३ सिट छ । नेकपा कानुनी रुपमा विभाजित भएमा काँग्रेस निर्णायक शक्ति बन्न सक्छ । त्यतिबेला देउवा प्रधानमन्त्री बन्ने दाउमा छन् । तर, उनलाई पार्टीभित्रबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चुनौती दिनसक्ने संकेतहरु देखिएका छन् । देउवालाई संसदीय दलमा प्रकाशमान सिंहले चुनौती दिनसक्ने देखिएको छ ।