Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसदलाई नै रोक्न माधवलाई मुस्किल

काठमाडौं। नेकपा अध्यक्ष केपी शर्मा ओलीको घुमाईका परेका माधव कुमार नेपालले ठोस निर्णय लिन नसक्दा पछिल्लो चरण उनि एक्लिँदै गएका छन् । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्रोह गरेर छुट्टै समूह बनाएका नेता माधव नेपाल आफ्नै समूहका नेता कार्यकर्ताले छाड्दै जाँदा निरिह बन्दै गएका छन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएका नेपालले आज एक कार्यक्रममा आफ्नो समूहका नेताहरुलाई हिजोको भेटबारे ब्रिफिङ गरेका थिए। आज नेकपाको स्थापना दिवसका अवसरमा साहाना स्मृति प्रतिष्ठान ललितपुरमा माधव नेपालको समूहले छुट्टै कार्यक्रम गरेको थियो। अध्यक्ष ओलीले बल्खुमा कार्यक्रम गरेका थिए भने नेपाल पक्षले ललितपुरमा कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा नेपालले आफ्नो पक्षका सांसदहरुसँग हिजोको भेटबारे ब्रिफिङ गरेका थिए। आजको कार्यक्रममा नेपालको समूहका केवल ६ जना मात्रै पार्टी एकता जोगाउने नाममा ओली समक्ष आत्मसमपर्ण गर्न नहुने पक्षमा देखिएका थिए। २ दिनअघि प्रधानमन्त्री केपी ओलीले पार्टीका २७ सांसदलाई ‘तपाईँलाई सांसद पदबाट किन नहटाउने ?’ भनेर स्पष्टीकरण सोधेका थिए। आज स्पष्टीकरण बुझाउने अन्तिम दिन हो । योगेश भट्टराई, गोकर्ण बिष्ट, बिरोध खतियडा, गणेश पहाडी लगायतका १६ जना प्रभावशाली र युवा नेताहरु भने पार्टी एकतालाई जोगाउँदै अगाडि बढ्नु पर्ने पक्षमा देखिएका छन्। माधव नेपालका आफ्नै सम्धी सोमप्रसाद पाण्डेले पनि पार्टी विभाजन गर्न नहुने तर्क गरेका छन्। नेपाल स्वयंले भने यस विषयमा आफ्नो धारणा राखेका थिएनन् । नेपालबाहेक अन्य केही नेताले पनि यस विषयमा स्पष्ट धारणा राखेनन्। आफ्नो पक्षका सांसदहरुको पार्टी विभाजन गर्न नहुने धारणा माधव नेपालका लागि ठूलो धक्का हुन सक्छ। यसअघि प्रचण्डसँग मिल्नका लागि पार्टीबाट अलग्गिने सहज बाटो खोजिरहेका नेपाललाई आफ्नै पक्षका सांसदले पार्टी विभाजन गर्न नहुने भनेपछि पार्टीबाट अलग्गिन सहज हुने छैन। आफ्नो पक्षमा पर्याप्त सांसद र केन्द्रीय सदस्य भएको अवस्थामा मात्र कानुनअनुसार पार्टी विभाजन गर्न सकिन्छ। अन्यथा पार्टी परित्याग गर्नुपर्ने हुन्छ। पार्टी परित्याग गर्नु भनेको सांसद पद पनि त्याग्नु हो जुन नेपालको लागि सहज हुने छैन।