Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साट्न जाने हो नयाँ नोट, आजदेखि बैंकहरुबाट साट्न पाइने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट आज ९भदौ २९ गते०देखि सर्वसाधारणले दसैँका लागि नयाँ नोट साट्न पाउने छन्। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन्। ‘उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि साट्न पाउने व्यवस्था मिलाइएको छ’, उनले भने।
नेपालका अनुसार हिजो मंगलबारसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरिएको छ। अन्य बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट लग्ने क्रम जारी नै छ। सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने नेपालले बताए।
बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने नेपाल बताउँछन्। राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन्।