Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१३ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा बुवा पक्राउ

पोखरा । आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय पुरुष रहेका छन्। ती पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई गिरफ्तार गरिएको हो ।
मंसिर ६ गते एउटा होटलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।


सम्बन्धित समाचार