Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

​​​​​​​​​​​​​​तिज र गौरा पर्वको अवसरमा ओलीको शुभकामना

​​​​​​​​​​​​​​काठमाडौँ ( नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज तथा सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य तथा दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

तीज तथा गौरा पर्वको सुखद अवसरमा आज एक विज्ञप्ति जारि गर्दै अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य तथा दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

प्राचीन परम्परा अनुसार भाद्र शुक्ल तृतीयाको दिनमा महिलाहरूले व्रत बसेर नाचगान गर्दै तीज पर्व मनाउँछन् । यसको अघिल्लो दिन मीठा परिकार बनाएर दरको रूपमा खाने प्रचलन छ । तीजलाई महिलाहरूले आफ्ना पीडाहरूलाई अभिव्यक्त गर्ने पर्वका रूपमा पनि लिने गरेका छन् । सांस्कृतिक पर्व तीजले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण महिलाहरूलाई प्रेरणा दिने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले नेकपा ९एमाले०ले राष्ट्रका अभिभारा पूरा गर्ने स्पष्ट नीतिका साथ ुसमृद्ध नेपाल सुखी नेपालीुको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य निर्धारण गरेको बताउनुभएको छ । समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न नेकपा ९एमाले०ले निर्धारण गरेको यस गन्तव्यमा मुलुकलाई पुर्याउन आवश्यक छ । त्यसका लागि हामी स्पष्ट नीति र कार्यक्रमहरू एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरू सहित अघि बढिरहेका छौँ । राष्ट्रका अभिभारा पूरा गर्न नेकपा ९एमाले०ले अघि सारेको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस आन्दोलनलाई सफल बनाउन समस्त महिला दिदीबहिनीहरूको बलियो साथ रहने छ भन्ने उहाँको विश्वास छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल