Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अधिवक्ता मैनाली भन्छन् नेकपा फुटेको छैन

काठमाडौं । अदालतको सहयोगी एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले नेकपा अहिले पनि एक ठाउँमा रहेको मान्नुपर्ने राय राखेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा इजलासले राय लिन गठन गरेको एमिकस क्युरीमा रहेका उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने बताए । अहिलेको विघटन असंवैधानिक भएको भन्दै दायर रिटमाथि जारी बहसमा राय राख्दै मैनालीले प्रधानमन्त्रीसँग विघटनको अधिकार हुने जिकिर गरिरहेका छन् ।

पार्टीभित्रको विवादका कारण प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने उनको राय थियो । प्रधानमन्त्रीले लिखित जवाफमा पार्टीभित्रैबाट असहयोग भएकाले विघटन गरेको बताएका थिए । रिट निवेदकले पार्टीभित्रको विवादको सिकार संसद्लाई बनाउन नमिल्ने जिकिर गरेका थिए ।

उनले आज राय राख्दै नेकपा आधिकारिक रूपमा विभाजित नभएकाले पार्टी एक ठाउँमा रहेको मान्नुपर्ने पनि बताए । उनले केपी शर्मा ओली बहुमतको प्रधानमन्त्री रहेको भन्दै प्रतिनिधिसभा विघटनको बेलामा उनले बहुमत नगुमाएको तर्क गरे । सरकार गठन हुँदा संविधानको धारा ७६ (२) को भए पनि पछि दुई पार्टी एकीकरण भएपछि ७६ मा रूपान्तरण भएको बताए ।