Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफताबलाई छुटाउन रायमाझीसँग सौदाबाजी

काठमाडौं । विचारमा यथास्थितिवाद, परिवर्तनकारीको बाधक सत्ता र कुर्सी जनताको बहुदलीय जनवाद भ्रष्टाचारको मुखले विरोध, मौका पाउँदा देशको सम्पत्ति तस्कर र माफियालाई सुम्पेर कमिशन खान पल्केको कुरा चर्का अरुलाई मर्का पार्ने पार्टीका रुपमा एमाले स्थापित छ । पार्टी नेतृत्व नपाएसम्म सामूहिताको ढोल बजाउने नेतृत्व पाउँदा आफ्ना आलोचक खेदेर गुटभित्रका गए गुज्रेका चिरित्रहरूलाई केन्द्रीय सदस्यसम्म बनाउने केपी ओलीको पौरख बनेको छ । र पनि कुरा उनकै चर्का छन् ।
ओलीलाई बा भने बापत होलिवाइनका योजनाकार एकनाथ ढकाल, मण्डले कोमल आली, मेडिकल माफिया दुर्गा प्रसाईहरू पार्टीको सदस्य नभए पनि केन्द्रीय सदस्य भए । तिनको हैसियत भनेको बा भन्ने हो । जम्बो पार्टीमा केपीको हैकमभित्र कतै कसैको गणना हुँदैन । एमाले जुन ढंगले बढेको छ त्यो रुपमा जनताको हितमा काम भएका छैनन् । कालो बजार र माफिया करणमा एमालेको प्रत्यक्ष सहभागिता रहेको छ । वामपन्थीहरू भन्दा कमल थापा, राजेन्द्र लिङदेन र रवि लामिछानेहरूलाई च्यापेर पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापामा उतार्ने दुर्गा प्रसाईलाई काँध हाल्ने ओली हुन् ।
अहिले एमालेले सरकारलाई जसरी पनि बदनाम गर्दैछ केपी कालका ४१ महिनाको सोत्तर हटाउन सरकारलाई एक वर्ष पूरा लाग्यो । ललिता निवासमा एमालेका उपाधयक्ष विष्णु पौडेल जोडिए, नेपाल ट्रष्ट जग्गा भाडा काण्ड, पदक तथा विभूषण काण्ड, कोरोना कालको लुटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पारखेलनै प्रत्यक्ष सहभागी भए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन टेकनाथ रिजाललाई प्रयोग गर्ने एमाले हो । माओवादी छाडेर एमाले भएका रामबहादुर थापा, टोपबहादुर रायमाझी नक्कली शरणार्थी काण्डमा जोडिए । पैसा थापा पुत्र प्रतीक थापा, पत्नी नैनकला थापा, ओली पत्न्ी राधिका शाक्यको मानव सेवा आश्रम, डा. आजय क्रान्ति शाक्य, ब्रजेश शाक्य, राजेश्वर स्थापितसम्मले लिएकै हुन् ।
तर उनीहरूलाई कारबाही मुक्त गराउन काँग्रेसका भ्रष्ट नायिकाद्वय डा आरजु राणा र मञ्जु खाँण जोडिए । भुटानी शरणार्थी काण्डमा एमाले र काँग्रेसको सहभागिताले यी दुवै पार्टीबाट गणतन्त्रको उपहास भएकै छ । चुनाव जित्न वम बनाउँदा पड्किँदा घाइतेको उपचार भन्दा बेहोस बनाई इँटा भट्टामा हालेर खरानी पार्ने अफताप आलमलाई जेल मुक्त गर्ने काँग्रेसी एजेन्डालाई सघाउँदा नक्कली भुटानी शरणार्थी काण्डका टोपबहादुर रायमाझीलाई जेल मुक्त गर्ने योजनामा एमाले छ । हत्या आरोपी लक्ष्मी कोइरीको संसद पद जोगाएर एमाले अपराधीको संरक्षक बन्दैछ ।
भन्दा कम्युनिष्ट, व्यवहारमा अवसरवादलाई जोड दिने देश र जनताको पक्षमा सिन्को नभाँच्ने नेकपा एमाले सहकारीको ठगीमा समेत प्रत्यक्ष सहभागी शक्ति हो । यो पार्टीले सत्ता पाउँदा दम्ब र अहंकारले पार्टी फुटाउँछ । नेताको अपमान गर्छ केपी ओलीलाई प्रमु बनाएर देशको बजेटमाथि नग्रा गाड्छ । कमिशन र बिचौलियाको भरमा अर्थतन्त्र धरासायी नै बनाउँछ भन्ने छर्लङ्ग भयो । ललिता निवाससँग जोडिएका काँग्रेसी न्यायाधीश कुमार रेग्मी प्रयोग गरेर पार्टी नै फुटाउने केपी ओली जस्ता भ्रष्ट शिरोमणिले राष्ट्रिय सभामा पार्टी निल भएपछि देश विकास हैन झन् झन् विनास निम्त्याउने छन् । प्रचण्ड र माधवको बुद्धि छ भने विचार मिल्ने शक्ति र समूहलाई एक ठाउँमा ल्याउन सक्नुपर्छ ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल