Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्को चुनावकोे तयारीमा गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताको चुनावको तयारीमा लागेको बताएका छन्। महिला हिंसाविरूद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका हुन्। शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनले बताए। थापाले निर्वाचनमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने उल्लेख गरेका छन्। उनले कहिलेकाहिँ मन्त्रिपरिषदमा महिला सहभागिता शुन्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने जिकिर गरे।