Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असारबाट मात्रै निषेधाज्ञा खुकुलो

काठमाडौं । संक्रमित र ज्यान गुमाउनेको ग्राफ खासै नघटेका कारण उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा जारी नै हुने भएको छ । उपत्यकामा निषेधाज्ञा जेठभर जारी गरिने भएको छ । निषेधाज्ञाको समिक्षा गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे निर्णय लिने टुंगो लगाएका हुन् । आज प्रमुख जिल्ला अधिकारीहरुले जेठभर निषेधाज्ञा लम्ब्याउने गरी सूचना जारी गर्ने टुंगो लगाएको बुझिएको । आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण दर घट्दै गएको र जेठभरमा अझ घट्ने आँकलन समेत गरेको छ । अब निषेधाज्ञा लम्ब्याएपनि खुकुलो बनाउने तयारी भएको छ । अब विहान दुई घन्टा किराना पसल खोल्न दिने तयारी समेत भएको छ । विहान ७ देखि ९ बजेसम्म किराना पसल खोल्न दिने निर्णय भोलि आउने बुझिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल