Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहिलेको लडाइँ पद र व्यक्तिको लागि होइन : प्रचण्ड

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपछि एकले अर्कामाथि आरोप प्रत्यारोप गर्नेक्रम जारी रहेको छ । यही बेला नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओली समूहको भेलालाई ‘पञ्चर्‍याली’को संज्ञा दिएका छन । उनले भने, मैले त भन्ने गरेकै छु, सामान्तहरुले आयोजना गर्ने पञ्चर्‍यालीमा देशभरीबाट लाखौं मान्छे जुटाउने गरेको देखेकै हो ।

०४६ सालको आन्दोलनको ठिक्क अगाडि कता कता पञ्चर्‍याली हुन्थेँ ?,’ उनले भने, खालि मान्छे देखिएका छन् भन्ने मात्र होइन, सत्य कस्का पक्षमा छ । लोकतन्त्रको पक्षमा साँच्चै को छ र छैन भन्ने हो, मान्छेका टाउका कति छन् भन्ने मुख्य कुरा होइन । उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध सडकमा उत्रिएको बताएका छन् । उनले नेकपाभित्र देखिएको अहिलेको स्थिति पद र व्यक्तिको लडाइँ नभइ प्रतिगमनविरुद्धको लडाइँ भएको बताए । कांग्रेस, जनता समाजवादी पार्टी सबै सडकमै छन्, उनीहरु प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भनिरहेकै छन्, उनले भने, यदि कम्युनिस्ट पार्टी भित्रको व्यक्ति र पदको लडाइँ हुन्थ्यो भने केपी गुट बाहेकका सबै किन विरोधमा हुन्थे।