Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आक्रामक कारबाहीको तयारीमा गृहमन्त्री

rकाठमाडौं । काम देखाउने अवसरका रुपमा गृह मन्त्रालय रोजेर सरकारमा गएका रास्वपा सभापति रवि लामिछानेको सक्रियता देख्दा यस पटक उनले केही गरेरै जनताको मन जित्ने अवस्था देखिएको छ । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त गरेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आक्रामक कारबाहीको तयारीमा जुटेका छन्। उनले नेपाल प्रहरीको उच्च तहमा व्यापक जिम्मेवारी हेरफेर गर्ने भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व फेरिने लगभग पक्का भएको छ। त्यस ठाउँमा कसलाई लैजाने भन्ने विषयमा लामिछानेले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग विभिन्न चरणमा छलफल गरेका छन्। सीआईबी निर्देशक किरण बज्राचार्यका पालामा सुन तस्करीका केही अभियुक्तलाई अनुसन्धानको दायरामै नल्याएको, केहीलाई समातेर पनि बिना कारबाही छाडेको र निष्पक्षता पनि कायम गर्न नसकेकाले विभागीय सजायका लागि जाँचबुझ आयोगले प्रतिवेदन दिएको छ। सो प्रतिवेदन कार्यान्वयनका लागि शुक्रबार नै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ब्रिफिङ गरिसकेका छन्। गृहमन्त्री लामिछानेले आजै कुनै ठूलै कदम चाल्न सक्ने गृह मन्त्रालय स्रोतको दाबी छ। गृहका अधिकारीका अनुसार, सीआईबी, उपत्यका प्रहरी प्रमुख र अपराध अनुसन्धान गर्ने महत्त्वपूर्ण निकायको जिम्मेवारी हेरफेर गरेर आक्रामक योजनाका साथ अगाडि बढ्न मन्त्री लामिछानेले तयारी गरिसकेका छन्। ती अधिकारीका अनुसार, नेपाल प्रहरीका पूर्वप्रमुख, गृहमातहतकै केही महत्त्वपूर्ण निकायको नेतृत्व गरिसकेका व्यक्ति र राजनीतिक नेतृत्वको समेत सुन तस्करीमा संलग्नता देखिएकाले निर्भीकताका साथ काम गर्न सक्ने अधिकारीलाई यसको जिम्मेवारी दिइनेछ।


सम्बन्धित समाचार

प्रचण्डलाई ढाक्रे बनाउन पाक्यो खिचडी

२०८१ बैशाख १९

ताजा नेपाल

आफन्त र नेता नव कुवेर बन्दै

२०८१ बैशाख १९

ताजा नेपाल