Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आखिर प्रधानमन्त्री चाहिएको कसलाई ?

काठमाण्डौ । सत्तामा जान खुट्टा उचालेको काँग्रेस प्रधानमन्त्री ओली र सर्वोच्चको झड्कापछि थचमरिएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आफू प्रधानमन्त्रीको दौंडमा नरहेको हरेक दिनसजो बताइरहेका छन् । तर सत्ता परिवर्तनका लागि दिनभरि भागदौड पनि जारी नै छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारमा जान हत्तार नगर्ने बताएका छन् । कांग्रेस महिला बिभागले आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएकाले सरकारमा जान हतार नगर्ने स्पष्ट पारेका हुन् । देउवाले अहिले लोकतन्त्रलाई बचाउनका लागि अन्य दलहरुसंग छलफल भइरहेको पनि जानकारी दिएका छन् । उनले संसदमा कांग्रेसको संख्या कम भएकै कारण आफुहरुको एजेण्डा स्थापीत हुन नसकेको बताएका छन् । देउवाले स्थायी प्रजातन्त्र स्थापीत गर्नका लागि सवै दलहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । देउवाले नेपालको परिवर्तनमा महिलाहरुको सहभागीता निकै महत्वपूर्ण रहेको भन्दै कांग्रेसले महिलाका अधिकारको मुद्धाका लागि सदैव लड्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले मुलुकमा लोकतन्त्र जोगाउन र मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बेला आएको धारणा राखेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले पनि आफुलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् । प्रकाश बिकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक बिमोचन गर्दै दाहालले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाई आफु प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् । सवैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गरे । उनले यसअघि पनि पटक पटक आफुलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए । आफुलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउदै दाहालले अवको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताएका छन् । त्यस्तै दाहालले जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।