Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशनमै केन्द्रीत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिनको दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । पार्टीको १४ औं महाधिवेशनको आन्तिरिक व्यवस्थापनमा जुटेको कांग्रेसले राष्टिय राजनीतिको समेत नेतृत्व गर्नु पर्ने दवाव बढिरहेका बेला बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसले यस अघि बसेको केन्द्रीय समिति बैठकबाट केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय भने गरिसकेको छ । आफ्नो पार्टीको नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि अन्य दलसँग परामर्शमा जुटेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ध्यान सरकार गठनमा भन्दा यतिबेला १४ औं महाधिवेशनतर्फ बढी केन्द्रित छ । बिगतदेखि नै कांग्रेसलाई महाधिवेशनको सम्मुखमा क्रियाशील सदस्यता वितरण र व्यवस्थापन निकै पेचिलो विषय बन्दै आएको छ । पटक पटक तागेता गर्दा पनि अधिकांश जिल्लाको क्रियाशील सदस्यको नामावाली अझै केन्द्रीय कार्यालयमा आइनपुग्दा क्रियाशील सदस्यता केन्द्रमा बुझाउने म्याद पुनः थाप गर्नु पर्र्ने वाध्यात्मक अवस्था कांग्रेसलाई आएको छ । चैत मसान्तसम्म क्रियाशीला सदस्यता नामावाली केन्द्रमा बुझाउने समयसीमा तोकिएपनि सो समय अवधिमा अधिकांश जिल्लाहरुले नामावाली पठाउन नसकेकाका कारण क्रियाशील सदस्यता बुझाउने म्याद थप्नु पर्ने अवस्था आएको हो । आज बस्ने बैठकको एजेण्डा तय गर्न चैत २९ गते बसेको पदाधिकारी बैठकमा पनि क्रियशील सदस्यता बुझाउने म्याद थप्ने पक्ष छलफल भएको थियो ।
समायोजनको काम नसकिदै केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि समायोजनको काम समेत प्रभावित भएको छ । अधिकारीको राजीनामा स्वीकृत भइसकेकाकाले नयाँ संयोजक तोक्ने विषयमा समेत र्बठकमा छलफल हुने बुझिएको छ । कांग्रेसको १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म शतप्रतिशत थपेर दोब्बर पुर्याउने लक्ष्य लिएको छ। कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेभसाइटमा अपलोड गर्ने व्यवस्था गरेको छ । कांग्रेसको नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० रहेको छ ।
कांग्रेसले पार्टीको गाउँ(नगर वडा अधिवेशन विसं २०७८ असार २० गते, गाउँ(नगरपालिका अधिवेशन आगामी असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन(एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।