Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफूलाई गगनले नै घण्टी बजाएको उमेशको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पार्टीकै अन्तर्घातका कारण चितवन २ मा पराजित हुनुपरेको बताएका छन् । उनले चितवनका कांग्रेस नेताहरुले नै असहयोग गरेको आरोप पनि लगाए । श्रेष्ठले थपे, केन्द्रबाट निर्देशित भएर चितवनका साथीहरुले नै मलाई भोट हालेनन् । मलाई क्रियाशील सदस्यहरुकै मत पनि आएन । नेताहरुको व्यवहार मुखमा राम राम, बगलीमा छुराजस्तो भयो । प्रदेशका साथीहरुलाई भोट आयो । मलाई आएन । ७५ प्रतिशत मत घण्टीलाई गयो । चितवन कांग्रेसको सभापति राजेश्वर खनालले मुखले मात्र सहयोग गरेको बताए । उनले भने, म चितवनबासी हुँ । ३२ वर्षदेखि चितवन बसेको छु । मलाई नरुचाएको हो वा पार्टी सभापति शेरबहादुर देउवालाई मन नपराएको हो कि ? हाम्रो रिसले अर्कोलाई भोट हाले । राजेश्वरजीले मुखले सहयोग गर्नुभएको हो, कामबाट भएन । अब १०, १५ वर्षसम्म चितवनको भविष्य छैन । गुटै गुट छ ।
नेता श्रेष्ठले गगन थापा, शेखर कोइरालालगायत नेताहरुप्रति संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर हराइएको आरोप पनि लगाए । उनले थपे, हावा नचली पात हल्लिँदैन । यो कुरा सबै नेताहरुलाई थाहा छ । जसले अन्तर्घात गर्यो, उसले बेठिक गर्यो । पहिले हामीले एक्लै जितेको ठाउँमा पनि साथीहरुले हार्नुभएको छ । अहिले गठबन्धन भएका बेला कांग्रेसले ८०, ८५ ठाउँमा जित्थ्यौं । । गृहमन्त्रीले हार्नुभयो । संसदमा असाध्यै ठूलो योगदान गर्न सक्ने २०, २५ जनाले नेताहरुले हार्नुभयो । राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले कांग्रेस प्रवेश गराउन पहल गरेको पनि खुलासा गरे । उनले भने, रवि लामिछानेसँग मेरो सम्बन्ध हिजो पनि नराम्रो थिएन, आज पनि छैन । कोभिडका बेला मेरो अस्पताल रविलाई निःशुल्क चलाउन दिएको थिएँ । त्यसबाटै उहाँले नाम कमाउनुभयो । चितवन ३ बाट लड्ने भनेको मानिस मनोनयन दर्ताको दिन अल अफ सडन मेरो क्षेत्रमा आइपुग्नुभयो । मसँग प्रतिस्पर्धा गर्न आउनुभयो । उहाँको अधिकारको कुरा भयो । मलाई रविका निकटस्थ साथीहरुले नेपाली कांग्रेसमा प्रवेश गराउन भन्नुभएके थियो । रविजीको पनि रुचि थियो । मैले एकदुई ठाउँमा भनेको हुँ । कांग्रेसबाट निर्णय आएन । तर पछि गएर त्यत्तिकै सेलायो । अहिलेको घन्टी भनेको हुरी बतास हुन्डरी हो । गल्ली गल्लीमा पुगेर विकास हुँदैन ।