Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरोपमै बिते ओलीका ती दिन

राज्यको अविभावक पार्टी कार्यकर्ताको अध्यक्ष पार्टीको नीति नियम मान्दैन आफु बाहेक अरुलाई मान्छे गन्दैन सिद्धान्त र चरित्र भनेकै गुटको रक्षा बाहेक केही देख्दैन । त्यस्तो घामट भ्रष्टचारीहरूको रक्षक बनेकोमा लञ्जाबोध छैन । एमाले हुँदैमा त्यो जमात डलरमा खेल्थ्यो । देशको सूचना विदेशीलाई ख्याल गर्दैन भने त्यो कम्युनिष्ट पार्टीको साकार कसरी जनपक्षीय हन्छ ? प्रधानमन्त्रीका नाताले साकारका काम पार्टी अध्यक्ष भए बापत पार्टीका काममा चासो नदिने केपी ओलीका पछिल्लो चरण प्रचण्ड र माधवको सत्तो सराप गर्ने बाहेक केही भएन । अदालत त्यस्तै छ । उनको गुट मोहनै चम्कियो । प्रचण्डका छोराछोरी युद्धमा होमिए, राजनीति गरे, जनप्रतिनिधि बने यसमा रिश किन ?

अपराधी गुण्डा तस्कर माफियाको संरक्षक बनेको सत्तारुढ दलको नेतृत्वलाई जनताको तत्कालीन आवश्यकताप्रति चासो भएन । उनीलाई सुधार्न ललिता निवास जग्गा प्रकरणका यीनले राजधानीमा महल जोडे विवादीत चरित्रहरूको काममा जोड दिए । ईश्वर पोख्रेल जहिले पनि विवादमा परेका भ्रष्ट हुन् । शाही कालमा यी पक्राउ परे दरबारका सहयोगी भारतीय दूतावासका विस्वासी यीनले रातो पासर्पोट बेच्ने अमिर गुरुङलाई टिकट बेचे ल्हारक्याल लामालाई एमाले बनाए । ओली काल मालेका संस्थापकहरूका निम्ति दूर दराज भयो कमल ओलीहरूको शरणार्थी घर भयो ।

लडाइँ अहिले माधवसँग हो । अति भएपछि विद्रोह हुन्छ । पार्टीमा सकेसम्म आफ्नो गुट बाहेक त्यागी इमान्दारहरूको कुनै चासो दिइएन । माओवादीको हकमा पेल्नुसम्म पेलेका बेला साथ दिने टीमको खोजी गर्दा लेखराज भट्ट, रामबहादुर थापा जस्ता सत्ताका प्यादाहरूले ओलीको असंवैधानिक (कु) को मलामी बन्न रुचाए कै हुन् मणी थापाको वाध्यतामा प्यूठानको राजनीति जोडिन्छ । किनकी देश प्रतिगमन विरुद्ध एकजुट छ ।

कांग्रेस समेत सडकमा छ । जनताका लागि राजनीति परिवर्तन रहेनछ । नेताको स्वार्थ केन्द्रीत भएको अवस्थामा राज्यका प्रणालीले ठाँउ पाउँदैन । आज नेकपाको नाउमा भ्रष्ट, तस्कर माफिया, विचौलियाको सुकेनासले सुकाएको अनुहारले मुख भिठ्याएको देख्नु परेको छ । पुस ५ गते गरिएको असंवैधानिक निर्णयले प्रम ओलीको आदेश कार्यन्वयन गर्न खटिएकी राष्ट्रपति समेत आलोचित भइन् ।

आफ्नो पदीय गरिमा नराख्ने, स्वार्थमा डुबेकाहरूसँग उनको स्वार्थ मिल्यो । मान्छे ज्यानको बाजी राखेर दशवर्षे युद्धमा होमिँदा के सोच्यो ? पार्टी शान्ति वार्तामा आएपछिको पतनको श्रृङ्खलाले पनि तत्कालीन माओवादी नेतृत्व पतन भयो । माओवादीका कुन नेता थिए आदर्शले जोगी हुन राजनीति गर्दिन भन्थे । महाकालीको राष्ट्रघाटबाट सुरु भएको भ्रष्टाचार अहिले मौलाउँदो छ । ? जनताका विषय र वाध्यता नेकपाको कुनै बैठकले बहसमा ल्याएन । स्वार्थ भन्दा पर कोही भएन । संसद विघटन गरेको छ, चुनावको माहौल छैन । राष्ट्रपतिको पत्र राजपत्रमा छापिनु पर्दैन ।

ओलीको वरवराहट नै राजपत्र हो, कानुन त्यही हो, पार्टी विधान त्यही हो अरु भन्ने ठाँउ पनि छैन । तर नेकपाको नाउमा ओलीको जय भन्न मन लाग्छ कसरी ? न्याय समानता सम्वृद्धिको भाषण सुनेर मात्र गणतन्त्रको शिकार जाग्छ ? गणतन्त्र लुटतन्त्र नै हो । नेतृत्वका गल्ती कति छन् छानबीन गर्ने धैर्यता किन भएन । राजाको शासन त गयो ठुलो साना सबै दलमा छोटेराजाहरू मौलाएका छन् । देशको संकट हट्दैन । कोरोनाको नाउमासमेत लुट्न नछाड्नेले चुनावमा मत पाउने आधार कहाँ छ ? किन ओलीको भाषणमा त्यस्ता कुरा उखान टुक्कासँग जोडिएर आउँदैन ?