Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उत्तर कोरियाले पुनः दाग्यो अमेरिकासम्म मार हान्न सक्ने मिसाइल

शुक्रबार उत्तर कोरियाले फेरि एकपटक आइसीबीएम वर्गको मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । यी क्षेप्यास्त्रहरू अमेरिकासम्म मार हान्ने उद्देश्यले तयार गरिएको हो ।
जापानको कोस्ट गार्ड विभागले यो क्षेप्यास्त्र जापानी टापु होक्काइडोबाट २१० किलोमिटर पश्चिममा समुद्रमा खसेको जनाएको छ ।
यसअघि बिहिबार उत्तर कोरियाका विदेशमन्त्री च्वे सुन हेले अमेरिकाले यस क्षेत्रमा सैन्य उपस्थिति बढाउने योजना बनाएमा कडा प्रतिक्रिया दिने बताएका थिए ।
उत्तर कोरियाले सोही दिन छोटो दुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
कम्बोडियामा अमेरिकी राष्ट्रपति जो बाइडेन,दक्षिण कोरियाली नेता युन सुक–योल र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीचको भेटपछि यो मिसाइल प्रहार गरिएको थियो ।
यसअघि उत्तर कोरियाको उत्तेजक गतिविधिबारे टिप्पणी गर्दै बाइडेनले यतिबेला तीन सहयोगीबीच अधिकतम समन्वय रहेको बताएका थिए ।
पछिल्ला दुई महिनामा उत्तर कोरियाले ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ जसमध्ये अधिकांश छोटो दूरीका क्षेप्यास्त्र हुन् । तर यी लामो दूरीका मिसाइल दागिनु सामान्य होइन ।
यी क्षेप्यास्त्रहरूले अमेरिकाको लागि प्रत्यक्ष खतरा पैदा गर्छ किनभने यो अमेरिकासम्मै परमाणु बम खसाल्न सक्षम छन् ।
दक्षिण कोरियाली सैन्य अधिकारीहरूका अनुसार पछिल्लो आईसीबीएम स्थानीय समयानुसार १०ः१५ बजे उत्तर कोरियाको राजधानी प्योङयाङबाट दागिएको थियो ।
यो मिसाइलले छ हजार किलोमिटरको उचाइमा पुग्नुका साथै एक हजार किलोमिटरको दुरी पार गरेको छ । यस मिसाइलको गति २२ म्याक थियो ।
जापानका रक्षामन्त्री यासुकाजु हामादाले यस मिसाइलको दायरा अमेरिकासम्म पुग्न पर्याप्त रहेको र यसले १५ हजार किलोमिटरसम्मको दुरी पार गर्न सक्ने बताएका छन् ।
यसै क्रममा जापानी प्रधानमन्त्री फुमिया किशिदाले थाइल्याण्डमा सञ्चारमाध्यमसँग भने, हामीले उत्तर कोरियालाई यस्ता गतिविधि सहन नसक्ने कुरा स्पष्ट गरिसकेका छौँ ।
उत्तर कोरियाले केही महिनायता अमेरिकी सैन्य गतिविधिको जवाफमा कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ ।
यससँगै उत्तर कोरियाले नयाँ प्रकारको आइसीबीएम ह्वासोङ १७ तयार गरिरहेको छ जुन यसअघि परीक्षण गरिएको आइसीबीएसभन्दा ठूलो छ ।
विज्ञहरूका अनुसार ह्वासोङलाई दाग्ने यसअघिका धेरै प्रयासहरू असफल भएका छन् र उत्तर कोरियाले अझै यो दाग्न सक्षम हुन सकेको छैन ।
दक्षिण कोरियाली सेनाका अनुसार गत महिना एक आइसीबीएम उडानको क्रममा फेल भएको थियो । यसअघि अक्टोबरमा उत्तर कोरियाले पाँच वर्षमा पहिलो पटक जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
आर्थिक प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले सन् २००६ देखि २०१७ सम्म ६ वटा आणविक परीक्षण गरिसकेको छ र सातौं परीक्षणको तयारी गरिरहेको विश्वास गरिएको छ । र यसका साथै उसले लगातार आफ्नो सैन्य क्षमता बढाउने कोसिस गरिरहेको छ ।
बीबीसी


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल