Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकता जोगाउने यस्तो छ माधवको रणनीति

काठमाडौं । सर्वोच्चले पार्टी नेकपाको एकता प्रक्रियामाथि नै प्रहार गरेपछि राजनीतिक तरंग फेरिएको छ । अबका दिनमा नेकपाको स्थिति कस्तो हुन्छ भन्ने चर्चा परिचर्चा भइरहँदा एकीकृत पार्टीको संरचनालाई यथावत राख्ने गरी केही नेताहरुले आन्तरिक तयारी गरिरहेको बुझिएको छ ।

अदालतको फैसलाअनुसार माओवादी केन्द्र र एमालेका नेताहरु विचारमा असहमति हुँदाहुँदै जसरी आआफ्नो गुडमा फर्किन बाध्य भए त्यही अनुरुपको प्रस्ताव आज एमालेको स्थायी समितिमा जाँदै छ । प्रधानमन्त्री केपी ओलीले माधव र झलनाथहरु फर्किने भएपछि आजका लागि बोलाएको सचिवालय बैठक स्थगित गरेर सरसल्लाहपछि अर्को बैठक बोलाउने भएका छन् ।

बैठकमा सहभागी हुन जाने माधव र झलनाथहरुले वाम एकताको भावनालाई यथावत राख्दै पूर्ववत एकीकृत पार्टीको संरचनाअनुसार वर्तमान सरकारको अवस्था र प्रादेशिक सरकारहरुमा उत्पन्न विवादलाई समाधान गर्न प्रस्ताव पेश गर्ने बताइएको छ । यो प्रस्तावले नेकपाको वर्तमान अवस्था र पार्टीका गतिविधिहरुलाई यथावत राखि एकताको नयाँ चरण शुरु हुने अपेक्षा गरिएको छ ।

यो अपेक्षासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव नेपाललाई सरकारको नेतृत्व दिने गरी प्रस्ताव गरे भने माओवादी पक्षले नकार्न सक्ने छैन । किनकि अहिलेको संरचनामा प्रदेश तहका सरकारहरुको यथावत अवस्था रहनका लागि पनि वामपन्थी घटकका रुपमा जसरी पहिले सहकार्य गरियो त्यो यथावत रहने अवस्था छ ।