Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकै डोजले काम गर्ने अमेरिकी खोप नेपाल आउँदै

काठमाडौं । सरकारले खोप खरिदको प्रक्रिया ढिलाई गर्दा अनुदानले मात्रै खोप अभियान चलाउनु परेको बेला अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोपमध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउने विषयमा स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई उद्धृत गरी लेखेको पत्रले प्रस्ट्याएको छ । मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसार १५ लाख ३४ हजार आठ सय ५० डोज अमेरिकी खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो । उक्त खोप आयात अनुमतिका लागि स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । अमेरिकाले उपलब्ध गराउने कोरोना भाइरसविरुद्धको जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले विकास गरेको भारतीय ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ । यी दुवै खोप दुई मात्रा लगाउनुपर्ने खोप हुन् । कोभ्याक्सले नेपालको कुल जनसंख्याको २० प्रतिशत खोप नेपाललाई निःशुल्क उपलब्ध गराउने भनेकोमा तीन महिना अघि पहिलो चरणमा तीन लाख ४८ हजार डोज ‘कोभिसिल्ड’ उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल