Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । व्यापारीलाई अगाडि सारेर आफू धनी हुने लगानी बिनाका भन्सार एजेण्टहरुको दरबन्दी सरकारले खोलेको छ । राज्यको राजस्वमा घाटा लगाउने यो समूहलाई भन्सार विभागले परिचालन गर्दछ । विगत २० वर्षदेखि खुला हुन नसकेको भन्सार एजेन्टको आवेदन खुला भएको छ । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्ट माग गर्दै आवेदन खुलाएको छ । चैत १६ गते अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले अनलाइन दरखास्त प्रणालीबाट भन्सार एजेन्टको आवेदन खुला गरेको छ ।
भन्सार एजेन्ट बन्न २१ वर्ष पुगेको हुनुपर्नेछ । स्नातक वा सो सरहको उत्तिर्ण गरी कम्प्यूटरसम्बन्धि कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ । नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने रकम बाँकी नभएको, कुनै फाजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको व्यक्तिले आवेदन दिन सक्नेछन् । परीक्षाको केन्द्र काठमाडौ उपत्यकामा मात्र रहनेछ । दरखास्त दस्तुर ३ हजार तोकिएको छ । राष्ट्रिय बाणिज्य बैंकमा भौचर जम्मा गरी सो भौचर स्क्यान गरेर दरखास्त प्रणालीमा अपलोड गर्नुपर्नेछ । नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्यूटर तालिम प्रमाणपत्र, फोटो लगायत स्क्यान गरेर अपलोड गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम मिति बैशाख ५ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।
विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । र अहिले ६ सय ६० जना एजेण्टहरुको माग गरिएको छ । उनीहरुका मालिक भने देखा पर्दैनन् । भारतीय व्यापारीहरुको लगानी भन्सार एजेण्टमा रहेको छ । एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । यस्तो एजेन्टले भन्सारसम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्याउँछ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल