Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एजेण्डाका अगाडि बामदेवको फुरफुर

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् । नेता गौतमको चरित्र अनुसार नाम जे सुकै भए पनि मान्छेले पत्याउदैनन् । किनकी गौतमको टीम भ्रष्टचारको खानी हो । यो टीमबाट विभाजीत कम्युनिष्टहरुको एकता हुन्छ भन्ने कल्पना गर्न सकिदैन ।

गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले एकता राष्ट्रिय अभियान बनाएका छन् । यही ठाँउमा माओवादी केन्द्र र एमाले बिच विवाद रहेको छ । एमालेको नाममा मानव अधिकारवादीहरु शुशील प्याकूरेल, अग्नी खरेल जस्ता सी आइ ए का एजेण्डहरुले नेपाल कम्युनिस्ट पार्टी नेकपा राष्ट्रिय एकता अभियान बनाएका बेला पनि गौतमलाई साथ दिएका थिएनन् । यो कुरा बुझ्न नसक्ने बामदेवले एमालेको एकता गर्न सक्छन् ? जबकी परिवर्तनको मूल रुप माओवादी केन्द्र छुट्टै छ । जहाँ सुरक्षा बामदेवको हुन सक्छ । उनलाई खेद्ने र चुनावमा हराउने सि आइ ए का एजेण्डहरु अहिले पनि बालुवाटारमा दौडिरहेका छन् ।

सर्वोच्चको फैसलासँगै  वामदेवको अभियानको नाम पनि एमाले बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि नेकपा विभाजित भएको थियो । यो अभियानका सचिव बाबुराम थापाले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएको र एमालेमा समस्या भएकोले पहिले एमाले एकताबद्ध गर्न अभियानको नाम फेरिएको बताए । विभाजित नेकपाको कतै पनि नलागेका गौतमले पार्टी एकता गराएरै छोड्ने उद्घोष सहित छुट्टै अभियान सुरु गरेका थिए । तर उनले कुनै पनि नेतासँग वार्ता गरेका छैनन् । वार्ता बिना काहि पनि समस्याको टुङ्गो लागेको इतिहास छैन । इतिहास बिनाका बामदेवहरु एकताको नाममा लाग्नु र केपि ओलीले मेरो सत्ता सधै रहन्छ भन्नु एकै हो ।