Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा आइसब्रेक भएकै हो त ?

काठमाडौं । लामो तिक्तता र गालीगलौज जारी रहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था थियो । तर, आजको लागि बोलाईएको केन्द्रीय कमिटीमा सहभागी नहुने भनेर माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले निर्णय गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफान गरेर बैठकमा सहभागी हुन आग्रह गरेका थिए । दुई नेताबीच हिजो साँझ कुराकानी भएको बताइएको छ । दुई नेताबीच भेटेरै कुराकानी गर्ने सहमति भएको बताइन्छ । उता, नेपालनिकट नेता भीम आचार्यले पनि दुई जनाबीच टेलिफोनमा सम्वाद हुनु एमालेको लागि सुखद् पक्ष भएको भन्दै खुशी व्यक्त गरे । उनले पार्टी एकताको लागि दुवै नेता गम्भीर रहेको सुनाए ।
उनले भने, आज भएको दुई नेताबीचको टेलिफोन सम्वादलाई आईसब्रेकको रुपमा लिनुहोस। ओली र नेपालबीच भोलि नै भेट्ने सहमति भएको पनि बुझिएको छ । भेटको समय र स्थान भने तय भएको छैन् । त्यसको लागि आज पूनः फोनवार्ता हुने नेताहरुले जनाएका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल