Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, माधव नेपालर भीम रावलको जिम्मेवारी खोसियो

 

काठमाडौं । पार्टी महासचिव ईश्वर पोखरेलबाहेक एमालेका सबै पदाधिकारी हटाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । माओवादीसँगको सम्बन्धविच्छेद र माधव नेपाल समूहको प्रवेसपछि पार्टीको पोर्टफोलियो मिलाउन अध्यक्ष ओलीले यस्तो निर्णय गरेको बुझिएको छ । साथै माओवादी केन्द्रबाट आएका र हाल ओली सरकारको गृहमन्त्रालयको जिम्मेवारी लिएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।

नेपाल समूहको जिम्मेवारी खोसियो
सम्मानित सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा एमालेमा औपचारिक बैठक नै नबसी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् । सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ। बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।