Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेलाइ ओलीले दाइजो सरह बनाएपछि : भुसाल

नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुँदा प्राप्त जनमतको अपमान गरेको टिप्पणी गरेका छन् । नेता भुसालले भने, ‘दुई तिहाई जनताको जनमतलाई केपी ओलीले आफूले प्राप्त गरेको दाइजो ठाने ओलीले प्राप्त जनमतलाई दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने तर्क गरे । नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको उनको भनाइ छ

रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए । भुसालले भने, ‘ओलीमा राणाहरुको जस्तै दम्भ छ, त्यही दम्भले नै एमालेका कैयौं निष्ठावान नेताको भविष्य खाइदियो,निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकट समेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे
नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । भुसालले थपे, संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई, त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो सर्त भएको बताए । कार्यक्रममा रुपन्देही १ को प्रदेश सभा ९क० का उम्मेदवार विश्वनाथ यादव र ९ख० का अब्दुल रज्जाकले पनि संविधानको रक्षा र उचित कार्यान्वयनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन जनतासमक्ष अपिल गरे ।

रुपन्देही १ मा एमालेका सचिव छविलाल विश्वकर्मा र एमालेबाट विद्रोह गरेका अर्का नेता टिकाराम चापागाई प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल