Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले र काग्रेसका अध्यक्ष हिटलर शैलीका

प्रधानमन्त्री को बन्ने भन्ने विवादले संसदीय कारबाहीलाई पनि अर्धमुर्छिद बनाईदिएको छ । प्रधानमन्त्री केपि ओलीको एकलकाटे शैलीले स्टालीन कालिन बाटो लिएको नेकपा एमालेकोे चल्तीको गाडी कति समय चल्न सक्छ कसैले अनुमान गर्दैन । पार्टीको नेतृत्व सामुहिकतामा कति चल्छ, कसरी चल्छ भन्ने कुरा नेपालका दलहरुले सिकेका छैनन् । विधानले पार्टी अध्यक्षलाई केही अधिकार दिएकै छ । त्यसैको आडमा पार्टीमा बादशाहा बनेका अध्यक्षहरुको खबरदारी गर्ने शक्त्ति कमजोर हुदै गएको छ । अहिले प्रधानमन्त्री केपि ओलीलाई सर्वेसर्वा बनाएर आफ्नो दुनो सोझयाएका भ्रष्टहरुले जीवनभरको बाटो तताएका छन् । देशको राजनीति स्थिरता यसरी उल्टन्छ भन्ने शंका कसैले गरेको थिएन । नेकपाले पाएको त्यो जनमत तीनवर्ष मै उल्टिएको छ । यसको कारक स्टालीन शैलीका प्रधानमन्त्री केपि ओली नै हुन् । उनले शुरु देखि नै सामुहिकतालाई नै रुचाएनन् । समूहको वास्था नगरि सबै अधिकार आफूमा खिच्नु कस्तो जनवाद हुन्छ ?

कम्युनिष्टहरुले वर्गिय धरातल त्यागेका छन् । एमालेको ट्रेड मार्कले २०५१ सालमै आचारण र शैली त्यागेको कुरामा ख्याल गरेनन् । प्रधानमन्त्री ओलीको कपटले देश अन्यौलमा फसेको छ । मुलुकको हित सबैले चाहान्छन् । मुखले सबैलाई चिढाएर व्यवहार निरंकुश देखाएर राजनीति उचाँइ सम्म पुग्न सकिदैन । दमन पार्टी भित्र धेरै टिक्न सक्दैन । गुटगट भेला र बैठक त प्रम केपिबाट पनि भएकै छ । तर पार्टी एकताको विन्दूलाई जोगाउन माधव पक्षले देखाएको सकृयता प्रति कार्यकर्ताको विश्वास टुटेको छैन । एमाले एनजीओ करण शैली र संगठानीक ढाँचाको भण्डाफोर भएको छ । आँफू हिटलर बन्नेहरुका दिन सधै र सबै भने जस्तो नहुन सक्छ । मुलुकको हितमा काम गर्दा सबैलाई हाईसंञ्चो हुने भनेको स्थिर, शक्ति र शासन हो । तर वातावरण मिलाउन काग्रेसले सफलता प्राप्त गर्न सक्ने अवस्था छैन । यहाँ काग्रेस नै दोषी छ । मधेसको शक्तिसँग विचार र सिद्दान्त त्यागेर विकासको नयाँ मोडल पस्कन सकिदैन । डा. बाबुराम भट्टराईलाई उपेन्द्र यादव अशोक राईको राजनीति दृष्टिकोण प्रति कसरी चित्त बुझ्यो ? भट्टराइ पनि संचालित दक्षिणकै हुन भन्नेहरुको आरोप पुष्टी भएको छ । किनकी देशभर सम्बन्ध भएको शक्ति माओवादीलाई त्याग्दा राजनितिक मौसम ठिक थिएन । पारदर्शीता यीनमा पनि थिएन भन्ने कुरा नयाँ शक्तिको नाँउमा खुलेको भेडी गोठ टिक्न सकेन । उनले लगेका केन्द्रीय सदस्यहरु पूरानै धारमा फर्केर राजनीतिमा सकृृय छन् । संघियता गणतन्त्र र समावेशीताको एजेण्डा भित्र त्यो बेला धर्म निरपेक्षता थिएन । हिन्दुत्वको मर्ममाथी प्रहार गर्ने त कृश्चियनको पैसा खाने तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष नेवाङ्ग नै हुन् । नेवाङ्ग प्रधानमन्त्री केपि ओलीलाई यो मुलुकको हिटलर बनाउन उद्दत छन् । एमालेको ओली गुटको अराजकता हिजो पनि थियो । आज शासक भएपछि चर्केको मात्र हो । बुझेका बाबुराम जी क्षेत्रीय दलको सिंगार पटारमा लागेकी निर्देशनमा शंका यहाँ छ ।

माओवादी एक्लै लागेर ओली हटदैनन् । माओवादीले नै वर्गियता त्यागेको हो । त्यी पार्टीका नेता लुटाहा र भष्मशुरको उपाधी पाउनेमा अग्रसर भएका छन् । समूह र गुटगत चिन्तनमा रमाएका नेताहरु माओवादी मै धेरै छन् । माओवादीले जनविस्वास गुमाएको छ । अपेक्ष बामपन्थी सरकारमा माओवादीप्रति नै थियो । पूरानो प्रशासनीक ढाँचा ऐन कानून मै गणतन्त्रत्मक व्यवस्था चल्ने हो भने केपि ओली जस्ता अराजकहरु छाडा हुन्छन् । अहिले भएको त्यही हो । ओली जता पल्टाए पनि आफै प्रम रहिरहने कुरामा ढुक्क छन् । किनकी माधवपक्षलाई चिर्थाेर्न भने तीनले छाडेका छैनन् । त्यै पनि माधव पक्ष पार्टी संसदीय दलको बैठकमा सहभागी भएर आफ्नो राजनीतिक संस्कार देखाउन सफल भएको छ । यसलाई ओली पक्षले विजय ठान्यो भने त्यो भन्दा ठूलो गल्ती अरु हुने छैन ।