Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जनता समाजवादी पार्टी जसपासँग पार्टी केन्द्रीय नेतृत्वले एकाएक गठबन्धन गरी पर्सामा ५० प्रतिशत सिट जसपालाई दिनुपर्दा कार्यकर्तामा असन्तुष्टि छाएको बताएका छन् ।
शनिबार संक्षिप्त कुराकानी गर्दै उनले भने,नेकपा एमाले यहाँ एक्लै चुनाव लड्ने मुडमा थियो । एकाएक गठबन्धन हुँदा बागी उम्मेदवार उठ्नुभएको छ । दुवै पार्टीले बागी उम्मेदवारलाई कारबाही गरेका छौँ र बागीतिर लाग्नेलाई के गर्ने भन्ने सम्बन्धमा योजना बनाउँदै छौँ ।
हिजो एमाले र जसपा एकअर्काको नीति तथा कार्यक्रमको विरोधी थिए । आज दुवै पार्टी अप्राकृतिक देखिने खालको गठबन्धनमा छन् । यस सम्बन्धमा कन्द्रीय सदस्य हजरा भन्छन्, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । हामीले गएको निर्वाचनमा नेकपा माओवादीसँग तालमेल गरेका थियौँ ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल