Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सचिवालय बैठक जारी

सत्तारूढ दल एमालेको केन्द्रीय कार्यालय च्यालसमा सचिवालय बैठक चलिरहेको छ।
बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार चयन, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषय, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, १० वैशाखमा आयोजना गरिने ७५औँ पार्टी स्थापना दिवसलगायतका विषयमा छलफल भइरहेको छ।

यस्तै, आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका विषयमा पछि बैठकमा छलफल हुनेछ ।

प्रतिनिधिसभाका लागि इलामको निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेश सभातर्फ बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र ९१० मा उपनिर्वाचन हुँदै छ । एमालेले उपनिर्वाचनका लागि उम्मेदवार तय गरिसकेको छैन ।