Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसईईका नतिजा दुई दिनभित्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित बोर्डले डाटा इन्ट्रीको काम पूरा गरी हाल त्रुटि नहोस् भनेर रुजु प्रक्रिया अघि बढाइरहेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । उनले आईटी टोलीले आवश्यक प्राविधिक काम गरिरहेको र सबै प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिने जानकारी दिए । यस वर्ष उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले नतिजा छिटो तयार गर्न सम्भव भएको बोर्डले जनाएको छ । नियन्त्रक अधिकारीले शिक्षकहरूको सक्रिय सहभागिता र मूल्यांकन प्रणालीमा गरिएको रणनीतिक परिवर्तनका कारण नतिजा समयमै सार्वजनिक गर्न सहज भएको बताए । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यस वर्ष परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।