Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीका दलाललाई आयोगको लोप्पा

काठमाडौं । माओवादी केन्द्र छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पछि लाग्दै सत्ताका लागि फाल हानेका अराजनीतिक चरित्रका चार लाउकेहरुलाई निर्वाचन आयोगले पनि लापरिदिएको छ । आफू प्रवेश गरेको धरातल बुझ्न नसक्ने ती लफुङ्गाहरुले निर्वाचन आयोगको पार्टीसम्बन्धी ऐन ४१ लाई ख्याल नगरी माओवादी पार्टीलाई अवैधानिक भन्दै गर्दा तिनको राजनीतिक हैसियतमाथि प्रश्न उठाउने प्रसस्त ठाउँ दिएको छ । टोपबहादुर रायमाझी, प्रभु साह, रामबहादुर थापा, लेखराज भट्टहरुको राजनीतिक धरातल तत्कालिन माओवादीले बनाइदिएको हो । एमालेले होइन । आयोगमा कुन दलको वैधानिकतका के छ भन्ने जानकारी लिन सामान्य जनताले पनि पाउँछ, तर यिनीहरु आफू त्यही पार्टीले सिफारिश गरेको मन्त्री रहँदासम्म पार्टीको वैधता र अवैधातिकताको चासो भएन । गाउँले उखान छ, फलेको हाँगो नुग्छ । राजनीतिक नेताहरुको व्यवहार र संगत अनुसार नै कार्यकर्ताहरुको चरित्र देखिन्छ । यस पटक माओवादी छाडेर एमाले बनेका ठेकी हल्दारहरुले निर्वाचन आयोगको फैसलाबाट मुर्छित हुनुप¥यो । आफ्नै त्याग, समर्पण र बलिदानलाई लोप्पा दिँदै १९ हजार सहिद, १३ हजार घाइते र हजारौं बेपत्ता परिवारको पीडामा खुच्चिङ मार्दै सत्ताका निम्ति पार्टी त्यागेका चैतेहरुलाई अब भने एमाले भित्रै पनि अप्ठ्यारो परिस्थिति सिर्जना हुँदैछ । उनीहरुको चाहना थियो, एमालेका दुई समूहबीच एकता नहोस् । यस्तै अहंकारका कारण टोपबहादुर रायमाझीले कुनै दिन माधव नेपाललाई नेकपा एमालेमा स्वागत छ भन्न पछि परेनन् । उनका बाबु लाहुरे थिए, उनको स्वाभाव पनि लाहुरे नै भयो । मन्त्री पदमा रहँदा गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापाको काम भनेको जनताको सेवामा थिएन । उनीहरुलाई केबल कमाउनु थियो, प्रधानमन्त्री केपी ओलीलाई माओवादी बदनाम गराउनु थियो । त्यसकारण उनीहरुबाट गएका कुनै पनि खानेपिउने फाइल रोकिएनन् । यो स्थितिमा तिनीहरुले निर्वाचन आयोगमा गएर माओवादीको दर्ता खारेज गर्नका लागि अधिवक्ता सरोज बुढाथोकीलाई प्रयोग गरे । थापा एमाले बनेर एमालेबाटै चुनावमा पराजित हुनुपररेको पीडा कति महसुस गरे ? कञ्चनपुरमा लेखराजको हालत भीम रावल पक्षले दिएको दनकबाट छर्लङ्ग हुन्छ । त्यहाँ प्रमका हनुमान कर्ण थापाको चित्कार कसैले सुन्दैन । टोपबहादुर रायमाझी अर्घाखाँचीका लाहुरे बन्न कसले ठाउँ दियो ? मणि थापा प्युठानमा टिक्ने ठाउँ छैन, प्रभु साह रौतहटको डन बनेर गरेको कमाई सधैं रहँदैन । आफ्नो धरातल थाहा नपाउने हुस्सुहरु माओवादीविरुद्ध जाँदा कुनै चिन्ता थिएन तर पार्टीमाथि नै प्रतिबन्ध लगाउने ढाडस यिनमा कसरी आयो ? के अब एमालेले यिनको राजनीतिक उचाई बढ्न दिन्छ ?


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल