Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले जनमुक्ति सेनालाई छुरा धस्छन् : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बहिर्गमित जनमुक्ति सेनाको भेलालाई सम्बोधन गर्दै केपी शर्मा ओली नेत्तृत्वको सरकारलाई ‘जंगली’को संज्ञा दिँदै जे मन लाग्यो त्यही र गर्नै नहुने काम गर्न थालेको आरोप लगाएका छन् ।
उनले आज भएको संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण गर्नै नहुने काम भएको बताए । अहिले सरकारले जे मन लाग्यो त्यही गर्न थालेको छ । बरु पहिले हामी बिधी, पद्धति, दर्शनमा थियौं । तर, हामीलाई केही मान्छेले जंगली भन्थे । हामी जंगली त थिएनौं । जनताको काखमा थियौं । अहिले केपी ओलीको सरकार चाहीँ जंगली भयो, प्रचण्डले भने, न संविधान मान्छ । न विधिपद्धति मान्छ । सबै तोडेर असंवैधानिक रूपमा संवैधानिक परिषद्को शथपग्रहण गराए । गर्नै नहुने काम गरे ।
सम्बोधनकै क्रममा उनले पूर्व जनमुक्ति सेनाहरुलाई हरेक पार्टी कमिटीमा स्थापित गर्न नसक्नु कमजोरी भएको बताए । उनले जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने प्रतिवद्धता पनि जनाए । उहाले बहिर्गमित जनमुक्ति सेनालाई केपी शर्मा ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको आरोप लगाए । ओलीले अहिले जनमुक्ति सेनालाई माया गरेजस्तो गरेर मुटुमा छुरा रोप्न खोजेको उनले आरोप लगाए ।
हिजो बहिर्गमित जनमुक्ति सेना र उनीहरुको परिवारलाई वृद्धि विकास गरौँ भन्दा लाठीचार्ज र प्रचण्डको चेलाचपेटा भन्दै बेवास्ता गर्ने ओलीले अहिले पार्टी फुटेपछि चाहिँ तिनै बहिर्गमित जनमुक्ति सेना खोज्न थालेको प्रचण्डले आरोप लगाए । उनले ओलीले अहिले आफूलाई समेत जोडेर, कालीबहादुर खाम कहाँ छन्, प्रचण्डले हेरेको छ ? भनेर भन्ने गरेको सुनेको भन्दै, के केपीले हेर्छन् जस्तो लाग्छ ? भनेर प्रश्न समेत गरेका थिए । उनले आफूहरु प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध र संविधानको रक्षाका लागि सडकमा आएको भन्दै संविधानको रक्षा नै अहिलेको आवश्यकता रहेकाले बताए । प्रधानमन्त्रीको कदमलाई प्ररास्त गर्ने र मुलुकलाई सही ट्रयाकमा ल्याउने उनले दाबी गरे ।