Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा संविधानको कार्यान्वयनको पक्षधर शक्तिहरुले विजयी हासिल गर्नुपर्ने बताएका छन् । उनले विगतमा मौका पाउँदा संविधान र संसदमाथि आक्रमण गर्ने केपी ओलीले मौका पाए फेरि संविधान मास्ने प्रयास नगर्लान् भन्ने आधार नरहेको बताए ।
गणेशमान सिंहको २५ औँ स्मृति दिवसको सन्दर्भमा आइतबार गणेशमान सिंह फाउन्डेसनले गरेको कार्यक्रममा नेता सिंहले आगामी मंसिर ४ गतेको निर्वाचनबाट प्राप्त हुने जनमतले मुलुकलाई कतातिर लैजाने भनेर निर्णय गर्ने बताए ।
उनले नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले मात्रै मुलुकको विद्यमान व्यवस्था र संविधानको रक्षा गर्दै कार्यान्वयनको ग्यारेन्टी गर्न सक्ने दाबी गरे ।
यो मुलुकलाई जब जब संकट आइपर्छ ती संकटहरुको समाधान कांग्रेसकै नेतृत्वमा हुँदै आएका छन् । अहिलेको संकटलाई पनि कांग्रेसले मात्रै सम्बोधन गर्न सक्छ,उनले भने कांग्रेससँग संघीयतालाई बलियो बनाएर शिक्षा स्वास्थ्य र रोजगारीको विषयमा जनतालाई अनुभूत हुने गरी काम गर्ने योजना छ नेतृत्व छ ।
नेता सिंहले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहेको भन्दै गठबन्धनमा रहेका सबै दलको चित्त बुझाएरै सिटको बाँडफाँट हुने बताए ।
उनले नेपालमा प्रजातन्त्र स्थापनाका सन्दर्भमा गणेशमान सिंहले पुर्याएको योगदानको चर्चा गर्दै गणेशमानले देखाएको बाटोमा देश अघि बढे लोकतन्त्र थप बलियो हुने बताए
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल