Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले २३ गते प्रचण्ड र माधवलाई शक्ति देखाइदिने

काठमाडौं । पार्टी विभाजनपछि सत्तारुढ दल नेकपाको दुई पक्ष आरोप प्रत्यारोपमा नांगै उत्रिएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओलीले कुनै पनि हालतमा संसद पूनःस्थापना नहुने स्पष्ट पारेका छन् । संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए । संविधानतः संसद पूनस्थपना नहुने उनको भनाई थियो । शुक्रबार पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपालले आफ्नो र परिवारको बाहेक अरुको बारेमा कहिल्यै नसोचेको पनि आरोप लगाए । ओलीले दाहाल नेपालको आजको शक्ति प्रदर्शनलाई खुट्टी देखेरै पत्याईयो भन्ने टिप्पणी गरेका थिए । उनले शक्ति भनेको के हो ! भनेर आफूहरुले देखाउने पनि सुनाए । उनले भने, वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं । खुट्टी देखेरै पत्याइयो । उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।