Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली सत्तासँगै डुब्ने यी १२ भाई

काठमाण्डौ । पदिय मर्यादाको ख्याल नगर्दा प्रधानमन्त्री केपि ओली पटक पटक विवादमा परेका छन् । उनलाई सत्ताको दम्ब र अंहकार चढ्दो अवस्थामा पर्याउने छौडा र ढेडुहरु धेरै छन् । आफू प्रभू सरह बनेर अरुलाई निर्देशन दिने काम त ओलीबाट भयो भएन नयाँ जोगीहरुले भने उनको भजन राम्रै सँग गाएका छन् । सत्ता उन्मादले शब्दलाई उचित ढंगले प्रयोग गर्न नसक्दा नेताहरु जनताबाट तिरस्कृत हुने गरेका थुप्रै नमुनाहरु छन् । नेकपाको सत्ताकाललाई कमाउने युगको रुपमा प्रयोग गर्ने धतुरेहरु पनि नभएका होइनन् । प्रधानमन्त्री आफू पछिको उपप्रधानमन्त्रीका रुपमा लिएका इश्वर पोख्रेल ती धतुरेहरुको टीमको नेता बनेका छन् । यीनले पनि कोभिड १९ को नाउमा होस् वा नेपाल ट्रष्टको जग्गा भाडामा लगाउने प्रकृयामा होस् राम्रै कमाए ।

मौका पाएपछि पार्टी जुनसुकै भएपनि जतिसुकै जनयुद्ध गरेर आए पनि राज्यको स्रोतमा लुट मच्चाउन नेताहरुले छोड्दैनन् भन्ने कुरा प्रमाणीत गरिदिए । गृहमन्त्री रामबहादुर थापा तेस्रो जनआन्दोलनको आवश्यकता देख्छन् भने प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध आन्दोलन गर्ने पार्टी अध्यक्ष पुष्प कमल दाहाललाई चिडिया खानामा थुन्ने धम्की दिन्छन् । त्यही कित्ताका लेखराज भट्ट आफ्नै गृह जिल्लामा अस्तित्व बचाउन नसक्ने अवस्थामा पुगिरहेका बेला टोप बहादुर रायमाझी जस्ता लठैतहरुले अरुण दोस्रो विद्युत परियोजना भारतलाई सुम्पेकोमा गौरव गर्दै छन् ।

ओलीका विश्वास पात्रहरुले बोलेका शब्दबाट उनैलाई अफठ्यारो बनाउदैै छ । कुनै बेला त्रिभुवन विश्व विद्यालयको कर्मचारीको रुपमा जागिरे जीवन बिताएका कृष्ण गोपाल श्रेष्ठ सम्योगले यस्तो शिक्षा मन्त्री छन् । जसले विश्व विद्यालयको शिक्षा हासिल गरि सहकूलपतिबाट दिक्षीत हुन आएका विद्यार्थीहरुलाई आफूले आर्जन गरेको शिक्षा जनता र राष्ट्रका निम्ति ठिक ढंगले परिपाल गर्न आग्रह गर्नु परेमा शिक्षा मन्त्रीले केपि ओलीको भक्ति गाउनु नै उत्तम ठाने यस्तै लठैतहरुको कारण नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सहरी विकास, अर्थमन्त्रालयहरुका योजनाहरु बारम्बार विवादमा पर्ने गर्दछन् ।

मेलम्ची खानेपानी परियोजनाले पूर्णता पाउने निश्चित छैन । गत हप्ता सो परियोजनाको वाध स्थलबाट पानी छोड्न विभागीय मन्त्री त जाने नै भए सहरी विकास राज्य मन्त्री र जिल्ला बासीको नाताले पूर्व कानून मन्त्री समेत पुगेर जात्रा देखाउन पनि छाडेनन् । प्रम ओलीका १२ भाइमा श्रम मन्त्री गौरी शंकर चौधरीले वैदेशीक रोजगारको नाउमा नेपाली युवाहरु ठग्दै आएका रोजगार दाताहरु विरुद्ध परेको उजुरी निश्कृय बनाएर खल्ती भरेकै छन् । जंगलको काठ तस्करी गर्ने धन्दामा लागेर तत्कालीन एमालेको सदस्य बनेका पे्रम आलेलाई वैज्ञानिक धनको अवधारणा मनपरेन ।

सामुदायीक वन भित्र आलेको धन्दा फस्टाउन कठिन थियो । त्यही कारण उनले बन मन्त्री हुना साथ सामुदायीक बनमाथि आक्रमण गरे । प्रधानमन्त्री केपि ओलीको कृपामा पद पाएका मन्त्रीहरुले मन्त्रालय स्तरबाट गर्ने राज्य विरुद्धको अपराध माथि छानविन होला नहोला । नेपाली जनताले भने तेस्को विरुद्ध आवाज उठाइरहेको छ । ओलीलाई घेरेर आफ्नो स्वार्थ पूरा गर्ने गोकूल वास्कोटा, सुर्य थापा, महेश बस्नेत, विष्णु रिमालहरुको चुरीफुरी कति दिन चल्छ र प्रधानमन्त्री केपि ओलीको छत्र छाया समाप्त हुन्छ । त्यो भने फागुन २३ पछिको संसदीय गतिविधिले छर्लङ बनाउछ ।