Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो छ प्रचण्ड पत्नीको स्वास्थ्य अवस्था, डिस्चार्जको टुंगो छैन

काठमाडौं । स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएकोमा उनको स्वास्थ्यमा केही सुधार देखिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा मंगलबार बिहान भर्ना गरिएको थियो । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको बताइएको छ । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् ।