Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसले आज सत्ता समिकरणबारे छलफल गर्ने

काठमाडौं । पटक पटक सर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिन थालेको छ । आज नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । कोरोना महामारीका कारण पार्टीको १४ औं महाधिवेशन फेरि प्रभावित हुने देखिएपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । आइतबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा १४ औं महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर केन्द्रीय समितिमा छलफल गर्ने सहमति भएको थियो । आगामी भदौ दोस्रो साता महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशील सदस्यता इन्ट्री हुन सकेको छैन । काँग्रेसले केन्द्रीय सदस्यहरूको पिसिआर गरेर मात्र बैठक बन्ने भन्दै सोमबारको बैठकमा लागि निर्धारित बैठक स्थगित गरिएको थियो । काँग्रेस केन्द्रीय कार्यालयमा सचिव प्रेम केसीका अनुसार अधिकांश केन्द्रीय सदस्यको पिसिआर परीक्षण गरिएकोमा कसैमा कोरोना पोजेटिभ देखिएको छैन । नेताका सुरक्षामा खटिएका केहीलाई पोजेटिभ देखिएको उनले बताए । केन्द्रीय सदस्यलाई कोरोेना नदेखिएकाले आज दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने केसीले रातोपाटीलाई जानकारी दिए । बैठकमा महाधिवेशनका अलवा कोरोना महामारी र संघ र प्रदेश सत्ता समीकरणका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको देखिन्छ । केन्द्र र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवादले सरकार विस्थापनमा जटिलता खडा भएको छ । जसपा अनिर्णित हुँदा काँग्रेसले कदम चाल्न सकेको छैन ।


सम्बन्धित समाचार