Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन र सत्ता समीकरणकै कुरा

काठमाडौं । सत्ता समिकरणको जोड घटाउ नमिलिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने छ । मुख्यत १४ औं महाधिवेशनका तयारी र क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप गर्ने आजको विषय रहेको छ । केन्द्रीय समिति बैठक भएकाले राष्ट्रिय तथा प्रादेशिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म एमाले नेतृत्वको सरकारको विकल्पमा अन्य दलसँग सहकार्य गरेर जाने नीति लिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिने अग्रसर हुने निर्णय लिएको काँग्रेस प्रदेशमा पनि एमाले सरकार ढाल्न प्रयासरत छ । कर्णालीमा माओवादी केन्द्रको सरकारलाई साथ दिएको काँग्रेसले गण्डकी र लुम्बिनीमा पनि नयाँ सरकार निर्माणका लागि गठबन्धन बनाइरहेको छ । सोही अनुसार गण्डकीमा गत विहीबार काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेको छ । एमालेकै माधव नेपाल पक्षले ओली समूहलाई साथ नदिएने संकेत देखाएकाले अन्य प्रदेशमा पनि सत्ता परिवर्तन हुने अनुमान छ । यस विषयमा पनि बैठकमा छलफल हुने छ । गत मंगलबार जसपाका अध्यक्षद्वय उपेन्द्र यादव, बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे पनि देउवाले बैठकमा बिफ्रिङ गर्ने बुझिएको छ ।