Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काग्रेस कै पर्खाइमा प्रम ओली ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिनेमा एकमत देखिएको छ । शुक्रबारको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्षस्थ नेता सम्मिलित बैठकमा काँग्रेस नेतृत्वको सरकार बनाउने सहमति बनेको छ । काँग्रेसभित्र सहमति बने पनि गठबन्धन निर्माण हुन सकेको छैन । किनकी त्यहाँ भारतीय दुतहरु थुप्रै छन् ।

पुनः स्थापित प्रतिनिधि सभाको तेस्रो बैठक आज चैत ३ गते बस्न लाग्दा पनि काग्रेसले आलटाल गर्दा प्रधानमन्त्री ओलीको विकल्प दिन सहमत हुन सकेन । प्रतिपक्षी दलहरु एकमत भएर निर्णयमा पुग्न नसक्दा यो स्थिती आएको हो । सत्ता समर्थक दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन साइत कुर्नु पर्ने बाध्यता नेपाली काग्रेस र राजपाले गराएका हुन् । यता प्रधानमन्त्री केपी ओली इतर पक्षलाई साथमा लिएर सरकार बनाउने तयारीले तीव्रता पाउन सकेको छैन । किनकी ओलीको अवैधानीक कदमले राजपा र नेपाली काग्रेसलाई नैतिक प्रश्न खडा गरिदिएको छ । पटक पटक काँग्रेस र माओवादी केन्द्र मात्र होइन प्रधानमन्त्री ओली र जसपा बिच छुट्टाछुट्टै छलफल भए पनि परिणाम निस्किन सकेको छैन । यहाँ सत्ता, पैसा, भारतीय दवावले महत्व राख्दछ । तीन दल एकअर्काले खुलेर अग्रसरता नदेखाउँदा गठबन्धनले आकार धारण गर्न नसकेको बताइएको छ । तर काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने काँग्रेसले एउटा दृष्टिकोण बनाए पनि माओवादी केन्द्र र जसपामा त्यो हुन नसकेको बताउँछन् ।

यद्यपि खड्काले सत्तासीन नेकपा एमालेसँग पनि अनौपचारिक छलफल भइरहेको बताएका छन् । यो भनेको भारतको निर्देशनमा सत्ता गठबन्धन बनाउने हो । खड्का भारतका तलबदार कर्मचारी हुन् । उनले गृहजिल्ला सुर्खेतमा रहेका बेला सबै दलहरूको दलगत दृष्टिकोण बनेपछि मात्र काँग्रेस निर्णयमा पुग्ने बताए तर काग्रेसको दृष्टिकोण के ? त्यो भने खुलाएनन् । काँग्रेसले भने सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेर वर्तमान सरकारको विकल्प दिने दृष्टिकोण बनाइसकेको खड्काको दाबी छ । उनको यो दाबी शेर बहादुर देउवा र राम चन्द्र पौडेल बिच सहमति भयो भने सफल हुन्छ । तर देउवालाई अझै पनि प्रधानमन्त्री केपि ओली प्रति मोह छ किनकी उनकी सासू जापानको राजदुत छन् । उनले सिफारिस गरेका १४ जना सम्बैधानिक निकायका सदस्य भएका छन् । पैसा खाएपछि नुनको सोझो गर्नु काग्रेसको दायित्व हो तर नेकपामा त्यो हुदैन ।