Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौँमा मेलम्चीको पानी अनिश्चित, क्षतिग्रस्त क्षेत्रमा अझै पुग्न सकिएन

काठमाडौँमा फेरि कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्‍याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्गा माटोले पुरिएको छ भने सुरुङभित्र पानी पठाउने मुख्य द्वार पनि पुरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले अहिलेसम्म क्षतिग्रस्त क्षेत्रमा स्थलगत रूपमा पुगेर अध्ययन गर्न सकेको छैन । हेलिकोप्टर तथा ड्रोनबाट गरिएको अवलोकनबाट हेडवक्सका सबै संरचना पुरिएको, बाँधस्थल तथा पानी पठाउने मुख्य द्वार पुरिएकाले झन्डै २ अर्ब हाराहारी क्षति भएको अनुमान गरिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
उनले भने, ‘हेडवक्स क्षेत्र करिब १० देखि १५ मिटर पुरिएको छ । नदी करिब १० मिटर पुरिएको देखिएको छ । नदी सफा काम गर्नेदेखि लिएर क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्नका लागि करिब २ अर्ब जति रकम आवश्यक देखिन्छ यस्तै आयोजनामा काम गरिरहेको चिनियाँ निर्माण कम्पनीलाई काम गर्न म्याद थप गर्नेबारे समितिमा छलफल भएको छ । बाढीले निर्माण व्यवसायीका निर्माण उपकरणहरु पनि बगाएको छ । प्रबक्ता पन्तले भने, ‘यो काबु बाहिरको परिस्थिति भएको हुनाले निर्माण व्यवसायीको समय पनि थप गरिन्छ, उनीहरूलाई काम गराउन ठेक्का सम्झौताभित्र बाटै रहेर समय दिनुपर्छ ।’