Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँमा फेरि कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्गा माटोले पुरिएको छ भने सुरुङभित्र पानी पठाउने मुख्य द्वार पनि पुरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले अहिलेसम्म क्षतिग्रस्त क्षेत्रमा स्थलगत रूपमा पुगेर अध्ययन गर्न सकेको छैन । हेलिकोप्टर तथा ड्रोनबाट गरिएको अवलोकनबाट हेडवक्सका सबै संरचना पुरिएको, बाँधस्थल तथा पानी पठाउने मुख्य द्वार पुरिएकाले झन्डै २ अर्ब हाराहारी क्षति भएको अनुमान गरिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
उनले भने, ‘हेडवक्स क्षेत्र करिब १० देखि १५ मिटर पुरिएको छ । नदी करिब १० मिटर पुरिएको देखिएको छ । नदी सफा काम गर्नेदेखि लिएर क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्नका लागि करिब २ अर्ब जति रकम आवश्यक देखिन्छ यस्तै आयोजनामा काम गरिरहेको चिनियाँ निर्माण कम्पनीलाई काम गर्न म्याद थप गर्नेबारे समितिमा छलफल भएको छ । बाढीले निर्माण व्यवसायीका निर्माण उपकरणहरु पनि बगाएको छ । प्रबक्ता पन्तले भने, ‘यो काबु बाहिरको परिस्थिति भएको हुनाले निर्माण व्यवसायीको समय पनि थप गरिन्छ, उनीहरूलाई काम गराउन ठेक्का सम्झौताभित्र बाटै रहेर समय दिनुपर्छ ।’
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल